सुदूर नेपाललाई विश्वसँग जोड्दै

आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

२०८३ असोज ८, ०२:०३ खबर संवाददाता

काठमाडौं : आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।


कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताए । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताए ।


कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् ।

उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ ।
दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाए ।

कमेन्ट लोड गर्नुस