सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाम जस्तै चम्किएका सुर्य

२०७५ मंसिर १९, ०१:४७ सीताराम ओझा

कुनै समय यस्तो थियो की सामान्य फ्लेक्स प्रिन्ट बनाउन र विज्ञापनका लागि प्रचार प्रसारणको सामाग्री तयार पार्न काठमाडौं जानुको विकल्प थिएन्। तर अहिले त्यसलाई चिर्दै काठमाडौंपछि देशका अन्य ठाउँमा भित्रिन नपाउँदै फ्लेक्स प्रिन्टिङको अत्याधुनिक सुविधा धनगढीमा ल्याएका छन् ३९ बर्षीय सुर्य गुरुङले। हातले बनाईने सामाग्री हुँदै कम्प्युटराईज प्रणालीमा अत्याधुनिक सेवा दिन थालेका सुर्य गुरुङ जिरोबाट हिरो बन्दै नाम जस्तै चम्किरहेका छन्। १२ लाखको लगानीमा सुरु गरिएको सन ग्रुप एडभरटाईजिङमा आजसम्म ढाई करोडको लगानी भईसकेको छ। ५० भन्दा वढी कम्पनीका विज्ञापनको जिम्मा उनले पाएका छन्। दाङभन्दा पश्चिमको क्षेत्रसम्म उनलाई कसैले जित्न सकेको छैन्। ७० जनालाई रोजगारी समेत दिएका छन्। बर्षमा चार करोडको कारोवार गर्ने सुर्यको विगत भने निकै कष्ठपुर्ण रहेको छ। त्यही कष्ठपुर्ण विगतमा गरिएको संघर्षले नै आज एक सफल युवा व्यवसायीको रुपमा परिचित भएका छन् सुर्य।

१५ सय रुपैयाँवाट व्यवसाय सुरु गरेका सुर्य आज करोडपति बन्न सफल भएका छन्। संघर्ष गरेमा सफलता पाईन्छ भन्ने कुरा सुनेका उनले आज सफल हुनुमा मेहनत र संषर्घलाई मान्छन्। मैले आजको यो स्थानसम्म पुग्छु भन्ने कल्पना पनि गरेको थिएन्, मैले यो  कुरा सोच्न पनि सकेको थिएन उनले भने– सवै साथीभाईको सहयोग र मायाले आजको अवस्थामा पुगेको छु। विगतमा गरेको संघर्षले पनि हो की जे काम गर्न आटे पनि त्यसवाट निराश हुनुपर्ने अवस्था आएको छैन्, सहज रुपमा काम भईरहेको छ। घर परिवारका सदस्यहरुले पनि राम्रोसाथ दिईरहेका छन, मेहनत र परिश्रम गर्नुपर्छ, बजारको माग अनुसार अगाडी वढ्दै व्यवसाय विस्तार गरेमा सफल हुनबाट कसैले रोक्न सक्दैन उनी भन्छन्– मैले काम सिक्ने वेलामा जुन अवस्थामा व्यवसाय सुरु गरिएको थियो, आज पनि त्यही अवस्था देखेको छु , न त उनीहरुको प्रगति भएको छ न त सफल नै भएका छन्। 

धनगढीमा सन ग्रुप एडभरटाईजिङ भन्ने वित्तिक्कै त्यसका सञ्चालक सुर्य गुरुङको नाम जो कोहीले लिई हाल्छन्। मेला महोत्सव होस् की ठुला खेलकुदका प्रतियोगिता हुन वा कुनै पनि विषयको विज्ञापन गर्नु परोस् त्यसका लागि धेरैले सम्झिन्छन् सन ग्रुपलाई नै। धनगढीको वसपार्कमा आफ्नै घरमा सन ग्रुप एडभरटाईजिङ सुरु गरेको तीन बर्ष भएको छ। तीन तले घर छेउछाउमा वनाईएका अस्थायी संरचना मेसिनै मेसिन र सामानै सामानले भरिएका छन्। घरमै सुरु गर्नुअघि उनले मुख्य बजारमा दुई बर्षसम्म सन ग्रुप एडभरटाईजिङ चलाएका थिए। २०६६ सालतिर धनगढीको पार्क मोडमा सात जनासँग मिलेर फ्लेक्स एडभरटाईजिङको काम सुरु गरिएकोमा ५ बर्षदेखि उनले एकल स्वामित्वमा सन ग्रुप एडभरटाईजिङ सञ्चालन गरिरहेका छन्। हातले पेन्टिङ गर्ने काम पाउन छोडिसकेको थियो, फ्लेक्सको समय सुरु भईसकेको थियो विगत सम्झिदैं उनी भन्छन– यो काम गरिरहेका केही साथीहरुलाई मैले भनेपछि उनीहरु पनि तयार भए तर उनीहरुसँग लगानी थिएन् मैले नै सुर्य आर्टसबाट कमाएको १२ लाख लगानी गरेर फ्लेक्सको काम सुरु गरेका थियौं। उनी अगाडी थप्छन्– पछि बजारको माग अनुसार लगानी थप्नुपर्ने अवस्था आयो, मैले सात जना साथीहरुलाई दुई दुई लाख थप्दा १४ लाख हुन्छ थपौं भन्दा उनीहरुले लगानी छैन भनेपछि मैले ५० हजार लिएर निस्किए। भएको घर जग्गालाई वैंकमा राखेर १२ लाखकै लगानीमा एकल स्वामित्वमै सन ग्रुप एडभरटाईजिङ खोलेर आजको दिनसम्म पुगेको छु ।  

१८ बर्षको उमेरदेखि पेन्टिङ सुरु गरेका सुर्यले २०५५ सालतिर पैसा नलिएरै काम सिकेका हुन्। चित्र बनाउनतिर रुचि भएका उनलाई बुबा समशेर गुरुङले छोराको रहर अनुसार नै काम सिक्न पठाएपछि उनले काम सिके। त्यसपछि डेढ बर्ष जति अर्काको आर्टसमा काम गरे। महेन्द्रनगरका सुरेश पाल्पालीको पिसी आर्टसमा काम गरेपछि चलाउन नसक्ने भन्दै पाल्पालीले पछि त्यो आर्टस सुर्यलाई नै चलाउन भने। उनले सुर्य आर्टको नाममा पसल सञ्चालन गरे। त्यही क्रममा वल्र्ड भिजन नामक गैरसरकारी संस्थाले पठनपाठनसँग सम्बन्धित पेन्टिङको काम दिएपछि सुर्य राम्रो काम र दाम कमाउन सफल भएको बताउँछन्। त्यसपछि फ्लेक्सको काम थालेपछि त्यो कामले केही बर्ष खासै कमाई नभए पनि पछिल्लो पाँच बर्षमा भने दौडिएको छ। 

पुख्र्यौली घर लमजुङ भएपनि सुर्य गुरुङको जन्म भने २०३७ सालमा धनगढी उप महानरगपालिका वडा नम्बर २ मा भएको थियो। २०४४ सालतिर ८ बर्षको उमेर हुँदा उनी परिवार छोडेर पुख्र्यौली घर लमजुङमै गए। घरमा रहेकी हजुर आमा र फुपुलाई सघाउने मात्रै होईन की १० बर्षको उमेरमै हलो जोतेर उनले खेतीपाती लगाउने काम समेत गरे। केही बर्ष पुरुषको रुपमा त्यहाँको प्रतिनिधित्व गरिरहेका उनको परिवार पनि धनगढीमा भएको सवै सम्पत्ति बेचेर पुख्र्यौली घरतिर नै लाग्यो। घर केही बर्षको त्यहाँ बसाईपछि घरायसी समस्याले फेरि गुरुङको परिवार २०५२ सालतिर धनगढी झ¥यो। भएको सम्पत्ति सवै वेचिसकेको अवस्थामा भाडामा वसेर नै बुबाले परिवार पाले। सुदुरपश्चिमका सुरुवातका सवारी चालक मध्येमा पर्छन् सुर्यका वुबा समशेर। सवारी चलाएर नै राम्रो कमाई गर्दै परिवारका आवश्यकता पुरा गर्दै गर्दा १८ बर्षको उमेरमा बुबाले उनलाई पेन्टिङको काम सिकाएको स्मरण भुलेका छैनन् गुरुङले। 

पेन्टिङ हुँदै फ्लेक्स प्रिन्टिङसम्म आईपुग्दा उनले काम थालेको २१ बर्ष हुन लागेको छ। नेपाल ललितकथा प्रज्ञा प्रतिष्ठानले कला क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै गुरुङलाई सम्मान पनि गरिसकेको छ। उनी स्वयम् स्वीकार्छन उनलाई अहिले गरिएको फ्लेक्स र पेन्टिङ वाहेकको कुनै काम नै आउँदैन्। तर यही क्षेत्रमा निरन्तर गरिएको प्रयास, संघर्ष र मेहनतले उनलाई सफलताको नयाँ उचाईसम्म पुराएको छ। नाम पनि दिएको छ काम पनि दिएको छ। त्यसैले उनको सुझाव छ– काम गरौं, मेहनत गरौं, संघर्ष गरौं, फलको आशा नगरौं, फल आफै मिल्छ, सफल आफै भईन्छ। 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस