सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सातको मृत्यु

२०७८ भदौ ३०, ०३:२४

साओ पाओलो: ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ। 

सो जहाज साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो। दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ। -रासस/सिन्ह्व

कमेन्ट लोड गर्नुस