सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज त बुवाको मुख हेर्ने दिन (कविता)

२०७८ भदौ २२, १२:१०

आज त बुवाको मुख हेर्ने दिन मलाई यो दिन खास लाग्दैन सायद हजुर नभएर होला
म तिजको व्रत पनि बस्दैन सायद आमा व्रत बस्दाबस्दा पनि हजुरलाई गुमाएर होला

थाहा छैन भगवानले हाम्रो घरबाट लगेर हजुरलाई कसको घरमा जन्म दिनुभयो
सायद त्यो घरमा  हाम्रो घरभन्दा  बढी आवश्यक थियो होला 

हजुरको आत्मालाई दुःख र पिडा नहोस् भनेर अचेल हामीले हजुरलाई सम्झिँदै रुन कम गरेका छौ
र कतैबाट त हेरीरहनु भएको छ भनेर ढुक्क छाै

सानोमा त दशैं तिहारमात्र चाडपर्व जस्तो लाग्थ्यो
अहिले आएर थाहा भयो चाडपर्व पनि यसरी आउँदा रहेछन्   
धेरैलाई खुशी र कसैलाई दुःख दिएर जाँदा रहेछन्

यहाँ आफ्नो मान्छे  गुमाएका त धेरै रहेछन् 
हजुर जहाँ भएपनि त्यहाँ धेरै आयु लिनु है बुवा 
बिचमा छोडेर जाँदा धेरै नै गाह्रो हुन्छ

खान लाउन र अरु अन्य कुराको कमी छैन हामीलाई
कमी छ त मात्र हजुरको जो अब जिन्दगीभरी हुनेछ

-कश्मीर साउँद

कमेन्ट लोड गर्नुस