सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा गौरा हेरेर फर्किदा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप

एक युवक पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १९, ०१:१६ खबर संवाददाता

दार्चुलाः दार्चुलामा बाल यौन दुर्व्यवहार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भदौ १५ गते राति मार्मा गाउँपालिका ६ पत्थरकाँडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका-४ सिप्टीका २५ वर्षीय महेशसिंह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए। पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

स्थानीय बालिकामाथि पत्थरकाँडामा गौरा पर्व हेरेर राति साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुर्व्यवहार गर्न खोजेको आरोप छ। जाहेरीका आधारमा बाल यौन दुरुपयोगअन्तर्ग मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस