सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई अफगानिस्तान हुनबाट बचाउन एमसीसी खारेज गरौं

२०७८ भदौ १, ०३:३०

-योगेश बम 

अफगानिस्तानमा सन् १८३० देखि अहिलेसम्म धेरै राजनीतिक घटनाहरु घटे। जब कम्युनिष्ट नेता नुर मोहम्मद तारकीको हातमा शासन पुग्यो तब उनका विरोधमा धार्मिक कट्टरपन्थीहरु एकजुट भए। यो समूहलाई कम्युनिष्ट शासन विरुद्ध लड्न अमेरिकाले आर्थिक सहयोग गर्‍याे।

यो कट्टरपन्थी समूहले सन् १९७९ मा कम्युनिष्ट नेता नुर मोहम्मदको हत्या गर्यो। यो घटना पछि सोभियत युनियनले अफगानिस्तानमा कम्युनिष्ट बचाउन आर्थिक सहयोग र सैन्य पठायो। यो भएसँगै अमेरिकाले पनि सैनिक र आर्थिक सहयोग धार्मिक कट्टरपन्थीलाई गर्‍याे।

अमेरिकाले जसरी पनि सोभियत युनियन र कम्युनिष्ट शक्तिलाई अफगानिस्तानबाट हटाउनको लागि अपरेशन साइक्लोन नाममा ५ लाख सहयोग गर्यो। यस्तै विभिन्न सहयोग गर्दै अफगानिस्तामा १ लाखभन्दा बढी आफ्नो सेना ल्यायो र शासन पुरै आफ्नो कब्जामा लियो। 

अफगानिस्तानको इतिहास बुझेर हाम्रो नेपालमा २०७२ जेष्ठ ३ गते संविधान लागू हुनु, त्यसपछि चुनाव हुँदा भारतको नाकाबन्दी हुनु, अनि नेपालको सत्तामा कम्युनिष्ट पार्टीको दुई तिहाई भएको सरकार बन्यो। कम्युनिष्टको बलियो सरकार बने लगत्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नामक योजना अमेरिकाले नेपालमा ल्याउनु र कम्युनिष्ट पार्टी फुुटेर तहसनहस हुनु। 

एकातिर देशमा सबै नेपाली जनताले एमसीसी खारेज हुनुपर्छ भन्ने माग गर्नु र अर्कोतिर अमेरिका र सरकारमा रहेका जसरी पनि एमसीसी पास गर्नुपर्छ भन्दै छन्। यसरी नेपाल पनि अमेरिकाको सैनिकको हातमा जानेछ। त्यसैले इतिहासबाट सिकेर एमसीसी जसरी पनि खारेज गरौं।


 

कमेन्ट लोड गर्नुस