सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १८, ०६:४४ खबर संवाददाता

काठमाडौँः नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ। पछिल्लो समय स्थायी कमिटी बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतम पनि यसअघि आइतबारको बैठकमा सहभागी भएका थिए। 

एमाले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावका आधारमा पार्टी एकता गरेर अगाडि बढ्नु पर्नेमा ओली पक्षले जोड दिँदै आएको छ भने माधव कुमार नेपालले अस्विकार गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस