सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव गौतम पनि सहभागी

२०७८ साउन १७, ०४:३८ खबर संवाददाता

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।

तुल्सीलाल स्मृति प्रतिष्ठान कार्यालय च्यासलमा अपराह्न ३ बजे बोलाइएको भए पनि बैठक केही ढिला सुरु भएको हो। बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। अध्यक्ष केपी शर्मा ओली पुगेपछि बैठक थालिएको हो। 

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णतालगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरूको पूर्णता र प्रदेश कमिटीहरूको अनुमोदनबारे बैठकमा छलफल हुने बताइएको छ। 

कमेन्ट लोड गर्नुस