सुदूर नेपाललाई विश्वसँग जोड्दै

भगवानको विदेश यात्रा (कविता)

२०७८ साउन १६, ०३:४७

हे भगवान ! जोगाउ हामीलाई भन्दै भाकल गर्या हुन्छन्
तिमी नै पो चोरियौ रे भन्ने खबर फेरि सुन्छन्
तिम्रो भक्ती गर्न भनी भक्तजनको घुइँरो लाग्दा
रातभरी मै तिमी गायब ! बिलाप गर्दै भक्त रुन्छन्

संकटमा तिम्रै भक्ती हिड्छन् तिम्रो तस्बिर चुमी
भक्ती भाव छोड्या छैनन ढोग्छन् तिमीलाई घुमी–घुमी 
के थाहा उनलाई तिमी नै पो पर्या रहेछौ विपत्तिमा
कुन दिनदेखि  छोड्यौ तिमिले आस्थाको यो सुन्दर भूमि

अमेरिका, युरोप जान कति धाए दुतावास
पासपोर्ट बोकप् बर्षौ हिँडे साथमा राखि एउटै आस
न त तिमीलाई भिसा चाहियो, न त जहाजको टिकट
भक्त भन्दा उड्यौ पहिला भन्देऊ न त कुरो खास

सजियौ रे बिदेशका संग्रालय र महलभित्र
रित्तो मन्दिर पुजा गर्छन् मानी उसले तिमीलाई मित्र
कति डलर पायाै‌ तिमीले छोडी जाँदा उसको आस्था
तिम्रा भक्त अझै पुज्छन् मन भित्र कोर्दै चित्र

-सरोज दाहाल, बैतेश्वोर–०४, दोलखा
 

कमेन्ट लोड गर्नुस