सुदूर नेपाललाई विश्वसँग जोड्दै

अण्डरवर्ल्ड डनकी गर्लफ्रेण्डको पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा

२०७८ साउन १४, ०६:३४ खबर संवाददाता

काठमाडौंः अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी गर्लफ्रेण्ड पाकिस्तानी अभिनेत्री महविश हयातले पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छिन्। उनले आफू अहिलेका प्रधानमन्त्री इमरान खान र उनको पार्टीबाट निकै प्रभावित भएको पनि बताएकी छिन्। 

आगामी चुनाबमा राजनीतिक रुपले इमरान खानलाई चुनौती दिन लागेको हो भन्ने प्रश्नमा महविशले आफूले इमरानलाई चुनौती दिन नचाहेको तर पछि कसै न कसैले उनको ठाउँ लिनै पर्ने भएकोले इमरानपछि आफू प्रधानमन्त्री पदको लागि दावेदार हुन सक्ने बताइन्। उनले पीटीआइको सरकार आएपछि पाकिस्तानमा समाचको सोचाइमा परिवर्तन आएको बताइन्। 

पछिल्लो समय महविश अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग सम्बन्धमा रहेको केही मिडिया रिपोर्टमा दावी गरिएको छ। केही रिपोर्टमा यो सम्बन्धको कुरा बाहिर आएपछि दाउद निकै आक्रोशित भएको र यो जानकारी सार्वजनिक कसरी भयो भन्ने जाँच गराइरहेको समेत दावी गरिएको छ। 

दावी गरिएअनुसार दाउदले महविशलाई एक आइटम डान्सको क्रममा देखेका थिए र त्यतिबेलादेखि नै उनी महविशप्रति आकर्षित भएका थिए। एजेन्सी 

कमेन्ट लोड गर्नुस