सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सामाजिक बिकास मन्त्रीको बेल्चा मोह

२०७५ कार्तिक ३०, ०५:४२

मन्त्री आफैले बेल्चा बोकेर विकास निर्माणको जुटेको खवर सुन्दा धेरैलाई अचम्मित बनाउन सक्छ। तर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी भने मन्त्रीमा नियुक्त भएको ४ दिनमै बेल्चा समातेर विकास निर्माणमा जुटेका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएर पनि पुलको पिल्लरको काम समेत पुरा भएको छैन्।

सोही बाटो सधै प्रयोग गर्दै आएका सामाजिक बिकासमन्त्री सुबेदीले शुक्रबार बिहानै अस्थायी बाटो निर्माणमा जुटेका हुन्। उक्त सडक प्रायः उपभोग गरिरहने मन्त्री सुवेदीले मन्त्रीमा नियुक्त भएपछि मात्रै बेल्चा समातेपछि केवल सस्तो लोकप्रियताको लागि मात्रै हो भन्दै आलोचना भईरहेको छ। मन्त्रीले समयमै कामका गर्न लागि निर्देशन दिने, पहल गर्ने र काम नगर्नेलाई कारवाहीको दायरामा ल्याउने भएपनि आफै बेल्चा समातेर विकास निर्माणमा जुटेपछि सस्तो लोकप्रियताको आरोप लागेको हो। 
फोटो : गोदावरीएफएमबाट
 

कमेन्ट लोड गर्नुस