सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसी अनुमोदन गर्नु राष्ट्रघातीः भीम रावल

२०७८ साउन १३, ०३:३८ खबर संवाददाता

काठमाडौंः नेकपा एमाले नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरेका छन्।

‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्।’

यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ। सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए।


 

कमेन्ट लोड गर्नुस