सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड र उपेन्द्रलाई देउवाले भनेः अप्ठ्यारो भैसक्यो, चाँडो मन्त्रीको नाम दिनुस् !

प्रचण्ड र उपेन्द्रले भने,‘एक–दुई दिनभित्रै नाम दिन्छौं, अप्ठेरो पर्न दिँदैनौं’

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १३, ०२:४७ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए।

‘मलाई धेरै समस्या हुन लागिसक्यो, तपाईहरुले समयमा मन्त्री बन्नेको नाम दिन सक्नुभएन। यसले बाहिर समेत राम्रो म्यासेज गएन, आलोचना हुन थालिसक्यो’, देउवाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘जतिसक्दो चाँडो नाम दिनुस्। मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिएपछि मात्रै काम गर्न सजिलो हुन्छ।’

बैठकमा देउवाको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एक–दुई दिनभित्रै नाम दिन्छौं, तपाईलाई अप्ठेरो पर्न दिँदैनौं’ भन्ने जवाफ दिएका थिए।

स्तै माधव नेपालसँग सरकारमा सहभागिताको विषयलाई लिएर देउवा र प्रचण्डले आजै छलफल गर्ने गठबन्धनको बैठकमा निर्णय भएको एक नेताले बताए।  

कमेन्ट लोड गर्नुस