सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटबल खेल्दा विवाद, एकको हत्या

२०७८ साउन ११, ०९:३५ खबर संवाददाता

मोरङ: फुटबल खेल्दा भएको विवादका कारण एक जनाको हत्या गरिएको छ। मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा स्थानीय अभिषेक चौधरीको हत्या भएको हो।

फुटबल खेल्ने क्रममा आइतबार विवाद भएको थियो। आइतबार विवाद र हात हालाहाल भएको थियो। आइतबार भएको लफडाका कारण सोमबार भने चौधरी माथि छुरा प्रहार भएको थियो। छुरा प्रहार पछि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए। 

चौधरीको घरमा ६÷७ जनाको समुअ आएर उनी माथि छुरा हानेको प्रहरीले जनाएको छ।  आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।

आशंकामा प्रहरीले निशान राई र पवन कार्कीलाई पक्राउ गरेको श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस