सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोपाइँ गर्दागर्दै अस्ताएका फुलारा, जसको ‘पहाड जाने बस’ अहिले पनि सुनिन्छ

२०७८ साउन ११, ११:५६ खबर संवाददाता

धनगढी : १७ एल्बमका गीतमा आवाज दिएका उनको ‘पहाड जाने बस’ गीत सबैभन्दा बढी सुनिन्छ अहिले। हुन त उनलाई चर्चामा ल्याएको गीत ‘बझाङ जाने गाडी’ हो। ‘बझाङ जाने गाडी’ ले सो समयमा उनलाई चर्चामा ल्यायो। डेढ दशक अगाडि बजारमा आएको ‘पहाड जाने बस’ ले युवा पुस्तामाझ उनलाई चिनायो। उनी अर्थात लोक तथा डेउडा गायक डिल्लीराज फुलारा। 

जो अघिल्लो साता ५० वर्षको उमेरमा अस्ताए। उनको रोपाइँ गर्ने क्रममा हृदयघातका कारण शुक्रबार निधन भएको हो। फुलाराको पहिलो एल्बम ‘मैना’ हो। जसमा गीतादेवी कोइरालाले पनि आवाज दिएकी थिइन्। ‘पहाड जान्या बस’ मा लक्ष्मी न्यौपाने र फुलाराको स्वर थियो। उनी व्यग्यात्मक डेउडा गायनमा पोख्त थिए। 

साविकको पचनाली–३ र हालको शिखर नगरपालिकाको चुडीमा उनको जन्म भएको हो। उनी केही वर्ष अगाडिसम्म राजनीति र समाजसेवामा पनि सक्रिय थिए। ०५२ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापती र ०५७ मा तरुणदलका जिल्ला उपाध्यक्ष समेत हुन्। गायक फुलाराका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्। 

 

 

कमेन्ट लोड गर्नुस