सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री र आईजीपीलाई निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

२०७८ साउन १०, ०८:३६ खबर संवाददाता

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन्।

निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आ प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाड र प्रहरी प्रमुख आइजीपी शैलेश थापा क्षेत्रीलाई बोलाएर हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएका हुन्।

यस्तै प्रधानमन्त्री देउवाले चाँडो भन्दा चाँडो दोषी पत्ता लगाई कारबाही गर्न समेत निर्देशन दिएका छन्।

कमेन्ट लोड गर्नुस