सुदूर नेपाललाई विश्वसँग जोड्दै

खम्बाले किचेर बालकको मृत्यु

२०७८ साउन ९, ०६:५८ रासस

इलाम: खेल्ने क्रममा सिमेन्टको खम्बा लडेर किच्दा इलाम नगरपालिका–१ नेपालटारमा आठ वर्षीय एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बालक ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ।

हर्कबहादुर गुरुङको घरको भित्तामा ठड्याएर राखेको खम्बा लडेर किच्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा इलाम अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस