सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुजिता मृत्यु प्रकरण : ‘प्रेमी’ले विवाह गर्न अस्वीकार गरेपछि आत्महत्या

एकजना पक्राउ

२०७८ साउन ८, ०४:२८ खबर संवाददाता

चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो। उनलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्।  

'हाम्रो अनुसन्धानले उनीहरू दाजु-बहिनी काकाको छोरा र छोरी पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चेतावनी दिएको अनुसन्धानबाट खुलेको छ,'इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले भने।

'उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको थापाले बताए। दिदीकोमा बस्ने भन्दै सुजिता काठमाडौंमा आएको र सचिनलाई कोठा खोज्न दबाब दिएको अनुसन्धानमा खुलेको छ।

'कोठा खोज्न दबाब दिएपछि उनीहरूसँगै बसेको देखिन्छ। र लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात सुजिताले सचिनलाई विवाह गर्न दबाब दिएको र सामाजिक तथा नैतिक कठिनाइले गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अपहरणको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,' रानाले भने।

गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा विवाद भएको थियो। सुजिताले 'विवाह नगर्ने भए म मर्छुु भनेको प्रहरी नायब उपरीक्षक रानाले बताए। त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन।

सुजिताको पोष्टमार्टम पछि प्रहरीले भिसेरा गर्न राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानमा पठाएको थियो।

त्यस्तै प्रहरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ। असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।  

कमेन्ट लोड गर्नुस