सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलले राजीनामा फिर्ता लिएर सभामुखलाई भने ‘सरी’

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ८, ०१:४९ खबर संवाददाता

धनगढीः नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिदै सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन्। रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन्। 

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्। निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई उनले ‘सरी’ भनेका थिए। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए।


 

कमेन्ट लोड गर्नुस