सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिम्बू भाषाका अन्वेषक फाइवलीको कोरोनाबाट मृत्यु

२०७८ साउन ५, ०८:११ रासस

झापा: लिम्बू भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बू)को कोडिभ–१९को सङ्क्रमणबाट आज मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–७ मा बस्दै आउनुभएको ८१ वर्षीय साहित्यकार फाइवलीलाई स्वास्थ्यमा समस्या देखिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि सोमबार भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको आज मृत्यु भएको हो। 

उहाँले किरात धर्म, संस्कृतिका बारेमा मात्र एक दर्जन बढी कृति प्रकाशित गर्नुभएको पत्रकार दिपीन राईले बताए। जसमध्ये आधा दर्जन कृति उनले किरात लिपी मै लेखेकाे उनको भनाइ छ। किरात साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति फाइवलीका श्रीमती भीमकुमार राई, तीन छोरा र सात छोरी हुनुहुन्छ। उहाँको आजै किरात धर्म संस्कारअनुसार अन्त्येष्टि गरिनेछ। 
 

कमेन्ट लोड गर्नुस