सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाए

२०७८ साउन ५, ०७:३६ रासस

मोरङ: उचित शैक्षिक वातावरणसहित मार्गदर्शन प्राप्त भएमा छात्रछात्राले सहजरुपमा सफलता प्राप्त गर्ने उदाहरण यहाँको एक शैक्षिक संस्थामा देखिएको छ।

विराटनगर–९ स्थित ग्रिनल्याण्ड उच्च माध्यमिक विद्यालयका अध्ययनरत ४१ विद्यार्थीले भारतसहित नेपालका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। विद्यालयद्वारा आज यहाँ आयोजित हार्दिक बधाई तथा सम्मान कार्यक्रमलाई छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्रालाई शैक्षिक सामग्रीसहित सम्मान गरिएको थियो। 

विद्यालयका विसं २०७५ समूहका विद्यार्थीले बिएस्सी कृषिमा आठ, बिबिए महेन्द्र मोरङ कलेज विराटनगरमा उत्कृष्टसहित आठ, भारतसहित नेपालका विभिन्न विश्वविद्यालयमा इञ्जिनीयरिङमा  २५ जना छात्रछात्राले पूर्ण छात्रवृत्ति प्राप्त गरी स्नातक तहमा अध्ययन गरिरहेको विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य दीपक पोखरेलले विद्यार्थीलाई सम्मान गर्दै छात्रछात्रालाई उचित रेखदेख र उनीहरूको अध्ययनको रुचीअनुसार विशेष कक्षासहित अध्ययन गराएको कारणले सफलता प्राप्त गरेको बताए। त्रिभुवन विश्वद्यालयको पुल्चोक इञ्जिनीयरिङग कलेजमा प्रथम सत्रको परीक्षामा प्रथम स्थान ल्याउन सफल आयुश साह कानुले विद्यालयको गुरुहरूको  अनुशासित अध्ययन र शैक्षिक वातावरणको कारण सफलता प्राप्त भएको जानकारी दिए।
    
विसं २०६८ मा संस्थागत रुपमा स्थापित उक्त विद्यालयमा हाल विभिन्न सङ्कायमा गरी एक हजार ५०० छात्रछात्रा अध्ययनरत रहेका छन्।
 

कमेन्ट लोड गर्नुस