सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुच्चे नक्सा कार्यान्वयन गर्न नेकपा(विप्लव) कैलालीले संर्घष गर्ने

२०७८ साउन ५, ०५:२७ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (विप्लव) कैलालीले नेपालको लिम्पियाधुरासहितको चुच्चे नक्सा कार्यान्वयनका लागि संघर्ष गर्ने भएको छ। जिल्ला समितिको १३औँ बेठकले कार्यान्वयनमा नल्याइएको नेपालको चुच्चे नक्सालाई कार्यान्वयनका लागि संघर्ष गर्ने निर्णय गरेको हो।

पार्टीले धनगढीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रिय सदस्य तथा इन्चार्ज ओमप्रकाश पुनको आतिथ्यमा साउन १, २ र ३ सम्पन्न भएको बैठकले गरेको ९ बुँदे निर्णय सार्वजनिक गरेको छ।  

चुच्चे नक्सा कार्यान्वयनसहित एमसीसी परियोजनाको बिरोध, सीमा अतिक्रमण, धर्म र राजनीतिक माथिको बैदेशिक हस्तक्षेपको बिरोध गर्ने निर्णय भएको पार्टी सचिव दिपक चलाउने बताए। पार्टीले सरकारसँग भएको ३ बुँदे सहमतिको कार्यान्वयनका लागि समेत संघर्ष गर्ने निर्णय गरेको उनले बताए। 

कमेन्ट लोड गर्नुस