सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिशु जन्मिएपछि बलात्कारको घटना बाहिरियो, १० महिनाअघि भएको थियो जबरजस्ती

२०७८ साउन ५, ०५:०६ खबर संवाददाता

काठमाडौं : एक अविवाहित महिला बलात्कार भएको घटना १० महिनापछि बाहिर आएको छ। पाल्पाको तानसेन नगरपालिकाकी उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन्। 

त्यसपछि नवजात शिशु बिरामी भइ लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिर आएको हो। 

ती महिलालाई तानसेन नगरपालिकाकै  ४४ वर्षीय अजुर्न विकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको छ। 

कमेन्ट लोड गर्नुस