सुदूर नेपाललाई विश्वसँग जोड्दै

दारी पाल्दा मलाई सोधिएका १० प्रश्न

२०७८ साउन ५, ११:२८ खबर संवाददाता

-रोशन पन्त

म विगत ३ महिनादेखि दारी पालिरहेका छु। तर यी ३ महिनामा मलाई साथीभाई र आफन्तहरूले सोधेका १० प्रश्नहरु यस्त छन्।
१ साथी जोगी बन्न लाएको हो ?
२ छोरा अफिसमा केही भन्दैनन्  ?
३ इन्जिनियरिङ क्षेत्रका सबैले दारी पाल्छन र ?
४. यस्तो दारी पालेर मुस्लिम बन्ने त हैन कतै ?
५. सुहाएको छ है केटा, कसरी यति राम्रो भयो ?
६ केटीले त छोडेन ?
७ यस्तो दारी कसरी आउँछ ?
८  चिलाउँदैन तँलाई ?
९  खान्दानमा सबैको यस्तै छ र ?
१० विद्यार्थीहरू दारी सर भनेर जिस्काउँदैनन् ?

३ महिनाको अवधिमा यति धेरै प्रश्नहरु खडा भए केवल दारीका लागि मात्रै। तर मेरो दारी पाल्नुको कथा बेग्लै छ।  म सानोदेखि नै दारीको एकदमै शौकीन थिए। कक्षा १० मा पढ्दै गर्दा जुँगाको रेखी बन्न सुरू गरेको थियो र मलाई त्यतिबेलादेखि नै दारी पाल्न रहर जागेको थियो। 

साथीहरुलाई म बेलाबेलामा दारी छिटो कसरी आउँछ भनेर सोध्ने गर्थे। साथीहरूले सानो आएको झुस सधै काटे भने छिटो आउँछ भनेका थिए। त्यही अनुसार मैले लुकीलुकी काट्न सुरु गरे। र, बिस्तारै मेरो दारी आउन सुरु भयो। 

कमेन्ट लोड गर्नुस