सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्वाला संग्रौलाले भनिन्, ‘देउवाले विश्वासको मत लिएर ओलीको घमण्डको घैंटो फुटाउनुपर्छ’

२०७८ साउन ३, ०५:४१ खबर संवाददाता

धनगढी: सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी तथा आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलाले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुपर्ने बताएकी छिन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले देउवाले विश्वासको मत लिएर पूर्व प्रधानमन्त्री ओली र उनका साइबर स्यालहरुको घमण्डको घैंटो फुटाउनुपर्ने बताएकी हुन्। उनले लेखेकी छिन्, ‘शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिएर ओली र उनका साइबर स्यालहरुको घमण्डको घैंटो फुटाउनुपर्छ।’

 

प्रधानमन्त्री देउवा आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा छन्। उनलाई काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १७ र जनमोर्चाका एक जना सासंदले विश्वासको मत दिने निश्चित जस्तै छ।

देउवालाई विश्वासको मतका लागि कम्तिमा पनि एमालेका ८ जना सांसदको मत आवश्यक छ। सर्वोच्च अदालत गएका एमालेका २३ सासंदमध्ये कतिले देउवालाई मत दिन्छन् भन्ने अझै टुंगो लाग्न सकेको छैन।

कमेन्ट लोड गर्नुस