सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता भीम रावलले देउवालाई विश्वासको मत देलान ?

२०७८ साउन ३, ०२:४१ खबर संवाददाता

धनगढीः आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदैछन्। देउवालाई माओवादी केन्द्रले मत दिने निर्णय गरिसकेको छ। एमालेको ओली समुहले भने मत नदिने निर्णय भएको जानकारी दिएको छ।

तर, एमालेको माधव नेपाल समूह भने अझै छलफलमै रहेको छ। नेपाल समुहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने बताएको छ। माधव समूहमै पनि नेताहरुको दुइथरी मत आएको छ। नेपालसहितका अधिकांस सांसदले देउवालाई मत दिने बताएका छन् भने केही सांसदले भने मत दिन नहुने प्रतिक्रिया दिएका छन्।

कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन्। उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका छन्।

माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावलले भने संस्थागत निर्णय गरेर जानुपर्ने बताएका छन्। कार्यदलको १० बुँदे सहमति विपरीत जान नहुने उनको भनाई छ।


 

कमेन्ट लोड गर्नुस