सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीडभाड बढेको भन्दै खोप केन्द्रको संख्यामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

२०७८ साउन १, ०३:४७ खबर संवाददाता

काठमाडौं: खोप केन्द्रमा भीड बढेर संक्रमणको जोखिम बढेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको संख्यामा वृद्धि गर्न निर्देशन दिएका छन्।

केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन देउवा मुख्य सचिव र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।

अहिले मुलुकका ७७ वटै जिल्लामा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप अभियान चलिरहेको छ। काठमाडौंका ४४ वटा केन्द्रमा अहिले खोप अभियान संचालन भैरहेको छ तर भीडभाड भएको जनगुनासो छ।

कमेन्ट लोड गर्नुस