सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली समूहको युथ फोर्सलाई काउण्टर दिन माधव समूहले बनायो अखिल फोर्स

२०७८ असार ३१, ०५:२६ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन्। तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए।

अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनको भनाइ छ। ‘युथ फोर्सका नाममा हाम्रा नेताहरुलाई धम्क्याउन थालिएको छ। त्यसका विरुद्ध हामीले अखिल फोर्स बनाएका हौं,’ पराजुलीले भने।

अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने उनले बताए। ‘कथित साइबर सेनाको नाममा हाम्रो नेताहरुको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ। अखिल फोर्सले त्यस विरुद्ध पनि लड्छ,’ पराजुलीले भने।

कमेन्ट लोड गर्नुस