सुदूर नेपाललाई विश्वसँग जोड्दै

'छुवाछूतलाई संविधानले वैधानिक बनाएको हो'

२०७८ असार ३१, ०३:३८ खबर संवाददाता

धनगढी: सनातन धर्म महासंघ नेपालका महासचिव अम्मर परियार आर्यसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। महासंघमा किन जोडिनु भएको हो ? किन सनातन अभियान चलाइरहनु भएको छ ?
सनातन भनेको ॐकार परिवारभित्र नेपालका जति पनि मौलिक धर्महरु छन् जस्तो बौद्ध, किरात आदि। ती सबै सनातन हुन। धर्मको संरक्षण गर्नुपर्छ र आफ्नो धर्मलाई छोड्नु हुँदैन। धर्मलाई बुझेर मलजल गर्नुपर्छ भन्ने सन्देश दिन दिनको लागि र सबै धर्म अटाउनको लागि सनातन धर्म महासंघ गठन भएको हो र म त्यही उद्देश्यले जोडिएको हुँ। 

सनातन धर्महरुमा विभेद छ भनिन्छ। तपाईहरु यो कुरालाई कसरी लिनुहुन्छ ? 
हामी प्रष्ट छौं। वेद, गीता आदि अध्यन गर्दा प्रष्ट हुन्छ। सनातन धर्ममा वर्ण व्यवस्था छ तर जात व्यवस्था छैन। धर्मलाई राजनीतिककरण गरियो। राज्यमा शासकहरुले २÷३ हजार वर्ष पहिला देखिनै यो जातको कुरा ल्याएको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ तर हाम्रोमा वृहत रुपमा २/३ सय वर्ष मात्रै भएको छ यो जात व्यवस्थाले छुवाछूतको चरमरुप लिएको। 

अझ २०६२/६३ को जनअन्दोलन पछिको नयाँ संविधानले झन जात व्यवस्थालाई बढी मलजल गरेको छ। छुवाछूत मुक्त राष्ट्र भनेर त घोषणा त गरे तर त्यसलाई कार्यान्वयन गर्न यिनको सामथ्र्यले भ्याएन। किन भने उनीहरुले वेद मनुस्मृतिलाई गलत मात्रै देखाउनु हुन्छ तर अध्यन भने उनीहरुमा छैन। 

छुवाछूतमा परेको हाम्रो सम्प्रदायको गलत बानी के छ भने अरुको मात्रै कुरा सुन्ने तर अध्ययन खोज नगर्ने। सिल्पी समुदायको अर्थ भनेको त संस्कृतमा खोजकर्ता भन्ने बुझिन्छ। लाखौं खर्च गरेर प्राप्त गर्न नसकिने सीप यो समुदायसँग पूर्खाबाट हुँदै आएर स्वतह प्राप्त छ।

जस्तैः कपडा सिलाउने सीप, सुनचाँदीको गहना बनाउने सीप अनि जुत्ता बनाउने सीप। जुन अहिले देश विदेशमा करोडौं तिरेर सिकिरहनु भएको छ मान्छे। त्यो त सिल्पी समुदायसँग बच्चैदेखि हुन्छ। त्यसैले अरुको कुरा मात्रै न सुनौ आफुलाई चिनौ र सीप सानो ठुलो न भनेर कर्म गरौ।

इसाईहरुलाई आरोप लगाएर उहाँहरुको बारेमा खेदो खन्ने किन गर्नुहुन्छ ?
यो कुरामा भन्नुपर्दा, उहाँहरुले नै हामीलाई आक्रमण गर्न सुरु गर्नुभएको हो। उनीहरुले आक्रमण गर्दा पनि हामीले चुप लागेर बस्ने त। बाइबलमा लेखेको कुरा भन्दा अरुकुरा हामीले गरिरहेका छैनौं। 

उनीहरुले चाहिँ हाम्रो ग्रन्थहरुको बारेमा त्यतिकै भ्रम छर्ने गर्छन्। मैले भन्न खोजेको कुरा हाम्रो जे सत्य कुरा छ त्यसलाई कसैले पनि बाह्य ल्याउन सकेनन्। नचाहिने कुरा चाहिँ बोक्न लगाइएको छ। मनुस्मृति गलत छ, यसमा सत्य छैन भन्दा हामीले पनि बाइबल गलत छ भन्न मिल्छ नि। भनिरहेका नै छौ प्रमाण पुर्याएर। भ्रम न छरौँ सत्य के छ त्यसलाई बुझौं।

हाम्रोमा विभेद गरियो भनेर आरोप लगाईन्छ। यो त शासन गर्नेहरुलाई धर्म त होइन नि। शासन व्यवस्थामै पनि माओवादी आन्दोलनभन्दा पहिला अशिक्षाको कारणले छुवाछूत हुन्थ्यो तर संविधान आएपछि त्यसलाई वैधानिक नै बनाइयो। छुवाछुत मुक्त त भने तर फेरि दलित खस आर्य भनेर लेखिएको छ। त्यसले विभेदलाई प्रसय गरेको छ। 

गुरुकुल शिक्षामा पनि जोड दिनुहुन्छ । गुरुकुलिय प्रणालीमा त विभेद छ भन्छन् नि ।
आजकलको कुन छोराले आफ्नो आमाबुवालाई सम्मान गर्छ। आज कुनचाहिँ बुहारीले सासुको सम्मान गर्छिन्।  यी सबै कुरा के ले जन्माएभन्दा त शिक्षा प्रणालीले होइन र ? आयातीत शिक्षा प्रणालीले त्यसैले शिक्षा पनि गुरुकुल प्रणालीमा हुनुपर्छ भन्ने हो। छुवाछुत त हुने भन्ने कुरामा गुरुकुल दुई किसीमका छन्।

एउटा बौदिक र एउटा पौराणिक। बौदिकमा कुनैपनि हालतमा छुवाछुत छैन, हुँदैन तर पौराणिकमा विभेद हुँदै आएको हो। मैले सुरुमा भन्दै आएको थिए की छुवाछूत धर्ममा न भएर शासकहरुले पौराणिक कालदेखि नै चलाउदै ल्याएका हुन्। त्यसैले हामीले बौदिक गुरुकुलको कुरा उठाएका हौ।

छुवाछूत हटाउन अहिले समयमा गर्न आवस्यक काम के हो भन्ने लाग्छ ?
यो हो त्यो भन्ने हटाउनुपर्‍यो। आरोप लगाउनुभन्दा पनि कामहरुलाई कसरी अगाडि बढाउन सकिन्छ। त्यो सोचौं। सबै मिलेर मितेरी साइनो जोडेर जाउँ फुटेर होइन। संविधानमा जात व्यवस्था भनेर आर्य दलित आदि लेखिएको छ यसलाई हटाउनुपर्‍यो।

सीप भएको समुदायले अरु समुदायलाई सीप सिकाएर अगाडी बढौ। राज्यसँग लड्दै गर्दा एउटा परिवार र जातलाई आरोप लगाएर हिरो हुने सपना त्यागौ। मेरो समुदायको साथीहरूलाई पनि हामी आफू सक्षम भएर अगाडी बढौ। गाली गलौज गरेर, कसैसँग लडेर, कसैलाई त्यतिकै आरोप लाएर जेलमा थुनिदिएर यो समस्याको हल होइन। 

हामी कसरी सहज तरिकाले मिलेर जाने भन्नेतर्फ प्रयास गरौ। यदि कसैलाई विभेद नै गरेको महसुस गरिरहनु भएको छ भने पनि धर्म परिवर्तन गरेर त्यो समस्याको समाधान हुने होइन। त्यो समस्या त्यही समाजमा मिलेर सम्झाएर समाधान गर्नतर्फ लागौं। कसैले विभेद गर्यो भने सत्य यो हो किन विभेद गर्दै छौ भनेर प्रमाण देखाइऊ।

कमेन्ट लोड गर्नुस