सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पाटे बाघको छालासहित २ जना पक्राउ

२०७८ असार २९, १०:३४ खबर संवाददाता

धनगढीः कैलालीमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी) को टोलीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। अहिले उनीहरुलाई छालासहित इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ।

कमेन्ट लोड गर्नुस