सुदूर नेपाललाई विश्वसँग जोड्दै

शपथबारे राष्ट्रपति र प्रधानमन्त्रीको आ–आफ्नै अडान

२०७८ असार २९, ०७:०० खबर संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्त भएको पत्र नसच्याउँदासम्म शपथ नलिने अडान राखेका छन्। 

देउवाले संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएका थिए। तर भण्डारीले संविधानका धारा उल्लेख गरेर शपथ गराउन नसक्ने भन्दै आफ्नै अडान राखेकी थिइन्। 

सर्वोच्चले ७६(५) अनुसार देउवालाई शपथ गराउन परमादेश दिएको थियो।

कमेन्ट लोड गर्नुस