सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले शपथ लिन मानेनन्

२०७८ असार २९, ०६:५१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ नलिने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले असन्तुष्टि जनाएका हुन् ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् । देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ।

ढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन्।

देउवाले विज्ञप्ति सच्याउने निर्देशन दिएपछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन्। 

विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।

कमेन्ट लोड गर्नुस