देउवाको शपथ आज ५ बजे, बालकोट सर्दै ओली

काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैछन् भने केपी शर्मा ओली दिउँसो २ बजेभित्रै बालकोट सर्ने तयारी गरिएको छ।
देउवाले ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दललाई समेटेर सरकार बनाउने भएका छन्।
