सुदूर नेपाललाई विश्वसँग जोड्दै

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त 

२०८२ जेठ ६, ०७:२२

काठमाडौँः नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई बताए। 

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ।’

उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताए।  
 

कमेन्ट लोड गर्नुस