सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपक्षी गठबन्धनबाट बाहिरियो नेपाल समूह

२०७८ असार २८, ०८:०२ खबर संवाददाता

काठमाडौँ: विपक्षी गठबन्धनबाट वरिष्ट नेता माधवकुमार नेपाल बाहिरिएका छन्। 

सोमबार कोटेश्वरमा बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेपालले आफ्नो समूह आजैबाट औपचारिकरुपमा विपक्षी गठबन्धनबाट बाहिरिने जानकारी दिएका हुन्। 

पार्टी विवाद समाधानका लागि गठित दश सदस्यीय एकता कार्यदलले एकताको दशबुँदे सहमति तयार पारिसकेपछि पनि नेपालले विपक्षी गठबन्धनको औपचारिक बैठकमा सामेल भएर आफ्नो समूह औपचारिक रूपमा बाहिरिने जानकारी गराएका हुन्। 

नेपालको प्रतिबद्धतापछि उपाध्यक्ष रावल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 

रावलको सन्देशपछि ओलीले साँझ बोलाएको स्थायी कमिटीको औपचारिक बैठकलाई अनौपचारिक छलफलमा परिणत गराएका छन्।
 

कमेन्ट लोड गर्नुस