सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘चोलेन्द्र मुर्दावाद’ भन्दै प्रधानन्यायाधीशको पुत्ला जलाउन खोजियो, युवा संघ र प्रहरीबीच झडप

२०७८ असार २८, ०३:४७ खबर संवाददाता

काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। सर्वोच्चको फैसला लगत्तै सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ सडक प्रदर्शनमा उत्रिएको छ 

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्ने प्रयास गरेका थिए। पुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ। प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए।


 

कमेन्ट लोड गर्नुस