सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा १८ लडाकू मारिए

। फोटो स्रोत ।
२०७५ कार्तिक १८, ०३:३६

अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन। पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट (आइएस) का लडाकूहरु भएको सुरक्षा अधिकारीहरुले बताएका छन। अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अफगान सेनाले चलाएको हवाई आक्रमणमा परी नाज्यान जिल्लामा शनिबार उनीहरुको मृत्यु भएको हो।” विज्ञप्तीमा घटनाका बारेमा विस्तृत विवरण दिइएको छैन। घटनामा सर्वसाधारण पनि मारिएको वा धनमालको नोक्सानी भएको बारे कुनै जानकारी प्राप्त भएको छैन।

 घटनाका बारेमा आइएसले कुनै प्रतिक्रिया जनाएको छैन। पहाडी क्षेत्रमा पर्ने सो स्थान राजधानी काबुलदेखि १ सय २० किलोमिटर पूर्वमा पर्दछ। त्यस क्षेत्रमा आइएस लडाकूहरु र सुरक्षाकर्मीबीच बेलाबेलामा भइरहने भिडन्तका कारण हजारौं स्थानीयबासी पलायन हुन बाध्य भएका छन।

रासस

कमेन्ट लोड गर्नुस