सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि झडप

२०७८ असार २७, ०२:४६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि बादी समुदायका नागरिकबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको बताए। उनले अहिले वडा प्रहरी कार्यालयमा छलफल भइरहेको बताए। 

प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ। आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए। मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए।

तर, उनीहरुले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाएका छन्। रमा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यसअघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हात हालाहाल भएको हो। 
 

कमेन्ट लोड गर्नुस