सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका देउवासहित ११ जना डीआईजीमा सिफारिस

२०८२ जेठ ७, ०७:५५ खबर संवाददाता

काठमाडौंः सुदूरपश्चिम घर भएका एसएसपी दिलीपसिंह देउवासहित नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

मंगलवार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, बिनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी,माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा रहेका छन्। यसैगरी, दीपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ पनि डीआईजी बढुवा सिफारिस भएका छन्।

यस्तै मंगलवार बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

त्यससँगै प्रहरीमा रिक्त हुन आउने ११ डीआईजी पदका लागि एसएसपीहरू बढुवा सिफारिस भएका हुन्। प्रहरीमा गत चैत ४ गतेदेखि नै १० जना डीआईजीको पद खाली थियो। तथापि बढुवा टोलीमा १२ जना रहेकोमा सारदाप्रसाद चौधरीलाई छुटाइएको छ। अन्य ११ जना बढुवा सिफारिसमा परेका छन्।

 

कमेन्ट लोड गर्नुस