सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर लोकेश बमलाई बोगटानमा एक लाखसहित सम्मान

२०८२ जेठ १८, ०३:२९ खबर संवाददाता

धनगढीः क्रिकेटर लोकेश बमलाई सम्मान गरिएको छ। उनको गृह पालिका बोगटानमा नगदसहित सम्मानित गरिएको हो।

बोगटान फुड्सिल गाउँपालिकाले क्रिकेट खेलाडी बमलाई एक लाख ११ हजार ११ रुपैयाँ नदगसहित सम्मान गरेको छ। समृद्ध बोगटान अभियानअन्तर्गत गाउँपालिकाले आयोजना गरेको ‘मातृभूमि महोत्सव’ कार्यक्रममा बमलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए। क्रिकेटमार्फत बोगटान फुड्सिल गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बमले महत्त्वपूर्ण भूमिका खेलेकाले प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको हो। सम्मान ग्रहण गर्दै क्रिकेटर बमले पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिए।

डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ जन्म घर भएका बमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका लोकेशले नेपालको यु–१९ टोली, घरेलु क्रिकेट हुँदै सिनियरबाट खेलिसकेका छन्।

 

कमेन्ट लोड गर्नुस