सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकीबाट समातिए १६ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी

२०८३ कार्तिक १६, ०७:०४ खबर संवाददाता

धनगढीः कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका कैलालीका एक प्रतिवादी पक्राउ परेका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरका ५८ वर्षीय प्रेमबहादुर शाही पक्राउ परेका हुन्। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०६७ वैशाख २८ गते कर्तव्य ज्यानको घटना गराएर फरार रहेका शाहीलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस