सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाको क्यालिफोर्निया र नेभाडामा अत्यधिक गर्मी

२०७८ असार २७, ०९:०१ खबर संवाददाता

अमेरिकामा गर्मी अत्यधिक बढेको छ। मौसम पूर्वानुमानका अनुसार क्यालिफोर्निया र नेभाडामा तापक्रम अहिलेसम्मै उच्च विन्दुमा पुग्ने छ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा शुक्रबार ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। यो तापक्रम सन् २०२० को अगस्टमा मापन भए जस्तै हो। जसलाई पृथ्वीमा मापन भएको सबैभन्दा उच्च तापक्रम मानिन्छ ।

सन् १९१३ मा अधिकतम तापक्रम ५६ दशमलव ७ डिग्रीसेल्सियस मापन भएको बताइन्छ, तर यसमा विज्ञहरुको एक मत छैन। उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ। 

अमेरिकी मौसम विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई प्रशस्त पानी पिउन, घरभित्र रहन र एसी भएको भवनहरूमा बस्न सल्लाह दिएको छ।

 

कमेन्ट लोड गर्नुस