कञ्चनपुरबाट स्टेशनरी र हाडवेयर लगायतका सामान बरामद

२०८२ जेठ २, ०८:०१
कञ्चनपुरः कञ्चनपुरबाट स्टेशनरी र हाडवेयर लगायतका सामान बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ८ हजार ८३५ बराबरको सामान बरामद गरिएको छ। भन्सार छलीको बिभिन्न किसिमका कपडा, स्टेशनरी, हाडवेयर किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


कमेन्ट लोड गर्नुस