सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानी सुरक्षा कारबाहीमा १०९ लडाकु मारिए

२०७८ असार २६, ०५:०६ रासस

कान्दहर: अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन्।

देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। 

मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरु आठ जना घाइते भएका थिए। 

शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। 

त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्।  

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । लगातारका ठूला ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ अफगानीहरु विस्थापित भएका छन्। 

लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुनभने सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस