सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोगी बन्ने सोच्दा ढोंगी त बनिदैन कि भन्ने लागेको बेला...

२०७८ असार २६, ०३:५७ खबर संवाददाता

धनगढी: उद्यमी सन्तोष प्रधान चौधरीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

व्यवसायिक उतारचढावले तपाइँलाई पनि छोडेन। सफलताको चुलीमा पुग्नुभएको तपाई फेरि तल झर्नुभयो। कसरी लिनु भएको त्यो उतारचढावलाई ?
तलमाथि, ठुलो–सानो, सफलता तथा असफलता सबै कुरा दृस्टिकोण हुन्। कसैको सफलता कसलाई सफलता नहुन सक्छन्। सफलता भन्ने कुरा व्यक्तिपिछे फरक–फरक हुने गर्छ। तर हामीलाई सानो छँदा स्कुलमा पढाउदादेखि नै ठुलो मान्छे हुनु भनेको, सफल हुनु भनेको डाक्टर बन्ने, इन्जिनियर बन्ने वा माथिल्लो तहको सरकारी कर्मचारी बन्ने भनेर सिकाइयो।

र, त्यहीँ बुझ्यौं पनि। अनि त्यही सफलताको पछि लाग्ने भइ हालियो। यसले परिवार आफन्त पनि खुशी हुने। गौरव गर्ने। यहीँ नै हुने हो। मेरो सवालमा पनि यहीँ भयो। स्कुल स्थरको पढाई सकिँदै गर्दा ‘रिच ड्याड, पुवर ड्याड’ नामक पुस्तक पढेँ। 

त्यो पुस्तकमा लगानी जागिर र व्यवसायको विषय राम्रो तरिकाले बुझाएकोले आर्थिक रुपले सबल हुनको लागि व्यवसाय नै गर्नुपर्छ। सानो भए पनि मालिकनै बन्नुपर्छ भन्ने सोच विद्यालय स्तरको पढाइ सकिदै गर्दा मेरो मस्तिष्कमा परिसकेको थियो। 

मेरो पारिवारिक पृष्ठभूमि व्यापारिक होइन। व्यापारिक पृष्ठभूमि भएको भए सायद कोही सिकाउने हुन्थ्ये होला तर परिवारका सदस्य जागिरे। तर पनि व्यवसाय गर्ने सोच आएपछि त सुरु गर्नुपर्यो।  संसारको होस् वा नेपालको होस् ठूलाठूला व्यापार पनि एउटा सानो ठाउँबाट कुनै न कुनै समयमा, ४÷५ दशक पहिला अर्थात् कम्तिमा पनि एक पुस्ता अगाडि एउटा बिन्दुबाट सुरु भएका छन्। 

यसरी मैले पनि सानो बाट नै सुरु गरेर कुनै बिन्दुमा पुग्छु भन्ने सोचेर एसएलसीपछि नै व्यवसायिक क्षेत्रतिर प्रवेश गरेको हु। नेट्वोर्क मार्केटिङ गरे, सानो कम्प्युटर ईन्स्टिच्युट खोले, ट्युसन पढाए र रियल स्टेट व्यापार अहिले पनि गरिरहेको छु गरे। र, केही सफलता पनि मिल्यो। दुःख, मिहिनेत त गर्नु नै पर्छ। तर मान्छेमा एक किसिमको भोक भयो भने त्यहाँ, सपनाको स्थानसम्म पुगिन्छ। 

हिजो सन् २००५ तिर ५० रुपियाँको खाना खानसम्म पनि संघर्ष गर्ने केटा २०११ मा पुग्दा सम्म ५ समयको चिया कफि मात्रै खाने भइसकेको थियो। के भन्न खोज्दै छु भने आफू भित्रको केही गर्नुपर्छ भन्ने इच्छाले समृद्धितर्फ मान्छेलाई पुर्याउछ नै।  सफलतामा एउटा पाटो हुन्छ जसले घमण्ड सिर्जना गर्छ। मान्छेले ओहो मैले यत्रो गरे। यस्तो प्राप्त गरे भन्ने सोचेर आफ्नो धरातल भुल्छ। मेरो सवालमा पनि यहीँ भयो।

मेरो कथा पनि सधै पढेको जस्तै सामान्य कथा हो।  धरातल बिर्सिएपछि मलाई यसरी नै सबै कुरा सधै पुगिरहन्छ भन्ने लाग्न थाल्दछ। परिवारमा यो किसिमको शिक्षा पनि पाइन्न। व्यवसायी खानदानका मान्छेहरुलाई त खाना खाने टेबुलदेखि हरेक ठाउँमा सिकाइन्छ। यो कुरा मैले पाइन। यो शिक्षा न हुँदा, यो वातावरण नहुँदा पैसालाई व्यवस्थापन गर्न, सम्बन्ध व्यवस्थापन गर्न, भएका श्रोत साधनको व्यावस्थापन गर्न, समय व्यवस्थापन गर्न नआए पछि त मान्छे ओरालो लागि हाल्छ। मसँग पनि भएको यही हो। ५ सयको चिया पिउने मान्छे १० रुपैयाँको चिया पिउन पनि धौधौ पर्ने स्थितिमा झरे। 

अध्यात्मिक पाटोको विकास 
शिक्षित जस्तो तरिकाले  गरिएको छ। बुझाई पनि त्यस्तै बन्न सुरु हुन्छन्। हामीलाई ठूलो बन्नु भनेको टिभीमा देखिनु। आर्थिक रुपले खुब मजबुत हुनु। सबैले चाहानुलाई बुझिन्छ। र यसले फेरि हामीलाई धरातल भुलाउन मदत गर्छ। जब  राष्ट्रिय मिडिया सबैको ध्यान आफूमा आएको महसुस हुन थाल्छ तब त आफु कति न ठुलो भएको भान सुरु हुन्छ।

यस्तो मलाई पनि सुरु हुन थाल्यो र एक बिन्दुसम्म यस्तो भयो। व्यावसायिक ओरालोको एकदम तल्लो बिन्दुमा पुगेपछि फेरि श्रीमद्भागवत गीता पढ्ने अवसर मिल्यो। पहिला पढेको त थिए तर बुझेको रहेनछु। अनि यसले केही राहत महशुस भयो। फेरि व्यवसायिक ओरालोमा सम्बन्धहरु पनि ओरालोमा नै झर्दै थिए। 

आमाले समेत बुढेसकालमा न पुग्दै संसार छोडेर जानुभएको थियो। अनि लाग्न थाल्यो यो संसार सबै मिथ्या हो। भ्रम हो। आफूलाई पनि यो सबै भौतिक कुरा छोडेर जोगी भएर हिंड्न् मनमा आयो। आफु हुनुको अर्थ खोज्न थाले।

फेरि व्यवसायिक सफलता
जोगी बन्छु सोच्दै थिए। मनमा फेरि अरु प्रश्नहरुले समेत उथलपुथल बनाउदै थिए। जोगी बन्ने सोच्दा ढोंगी त बनिदैन कि सबैभन्दा ठूलो प्रश्न यो थियो। आध्यात्मिक पाटोमा जाने पनि बाटो छ। प्रक्रिया छ। मन लाग्ने बित्तिकै सबै ठिक हुने त त्यहाँ पनि होइन। 

यही सोचेर फेरि पहिलाका कमजोरीहरुलाई सच्याउदै। व्यावसायबाट नै माथि उठ्ने प्रयास गरे। परिस्थितिसँग लड्ने सोच बनाए र यात्रालाई निरन्तरता दिए। अहिलेसम्म राम्रै भइरहेको छ। व्यावसायसँगै केही समाजिक जिम्मेवारी पनि पूरा गर्न अग्रसर हुने तयारी गरिरहेको छु।

निती तहमा परिवर्तन हुनुपर्ने कुरा त्यहीबाट परिवर्तन गर्न अगाडि बढ्ने किसिमको तयारी पनि छन्। अहिले आफ्नो क्षेत्रको कम्पनीहरु मध्येमा अग्र स्थानमा नै छु। अहिले सफल जस्तै छु तर पहिलाको जस्तो सफल होइन अलि फरक।

कमेन्ट लोड गर्नुस