कैलालीमा करणी मुद्दामा ६ वर्ष कैद सजाय पाएका चौधरी पक्राउ

धनगढीः जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–२ निवासी १९ वर्षीय डितेन चौधरी रहेका छन्। चौधरीलाई जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतले ६ वर्ष ८ महिना कैद र तीन लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना तोकिएको थियो। जिल्ला अदालतको फैसलापछि फरार रहेका चौधरीलाई उनको घर नजिकैबाट पक्राउ गरेको हो। प्रहरीले चौधरीलाई अदालतको आदेशअनुसार थप कानुनी प्रक्रियाका लागि अगाडि बढाएको छ।

