प्रहरी हिरासतबाटै थुनुवा फरार

२०७८ असार २६, ०२:४९
सिरहा: प्रहरी हिरासतबाट सिरहामा शनिबार बिहान एक थुनुवा फरार भएका छन्।
इलाका प्रहरी कार्यालय लहानको थुनुवा कक्षको झ्यालको ग्रील तोडेर शनिबार बिहान २ बजेतिर सिरहा नवराजपुर गाउँपालिका–१ का पशुपति यादव फरार भएका हुन्।
गत जेठ २० गते लागूऔषधसहित यादव पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवाश बुढाथोकीले घट्नाबारे थप अनुसन्धान भइरहेको र फरार यादवको खोजी भइरहेको जानकारी दिए।


कमेन्ट लोड गर्नुस