सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ताजा जनादेशको मागसहित विधार्थीको प्रदर्शन

२०७८ असार २५, ०६:४३ खबर संवाददाता

धनगढी: नेकपा एमाले निकट अनेरास्ववियु कैलालीले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको छ।

‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियुले प्रदर्शन गरेको हो।

विद्यार्थी तथा शिक्षकलाई कोरोना खोप उपलब्ध गराउनुपर्ने, परीक्षा र शैक्षिक सत्र सुचारु गर्नुपर्ने लगायतका माग पनि अघि सारिएको छ। उनीहरूले मुख्यमन्त्री कार्यालयको गेट अगाडि व्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

कमेन्ट लोड गर्नुस