सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चार जनालाई प्रतिभा पुरस्कार

२०७५ कार्तिक १७, ०७:१२ खबर संवाददाता

धनगढीमा श्रष्टा सम्मान तथा काव्य श्रृखला कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्य तथा सस्कृती प्रतिष्ठान गोदावरीको आयोजनामामा महाकवी लक्ष्मी प्रशासद देवकोटाको एक सय १० औँ जन्म जयन्तीको अवसरमा श्रष्टा सम्मान तथा काव्य श्रृखला कार्यक्रम गरिएको हो। कार्यक्रममा चार वटा प्रतिभा पुरस्कार पनि हस्तान्तरण गरिएको छ। गोदावरी प्रतिभा पुरस्कारबाट प्राध्यापक डिल्लीराज फुलारा, खप्तड स्वामी पुरस्कारबाट १००८ स्वामी देवराज आचार्य, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कारबाट साहित्यकार घनश्यामम लेखक र स्वर्गीय खड्क वहादुर सिंह प्रतिभा पुरस्कारबाट साहित्यकार पुष्कर भट्टलाई सम्मान गरिएको हो।

चारै जनालाई नगद १० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। नेपाली साहित्य तथा सस्कृती प्रतिष्ठान गोदावरीकाका अध्यक्ष पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा रहेका थिए। सस्थाका महासचिव डाक्टर टिएन जोशीले स्वागत मन्तव्य सहित सम्मानीत व्यक्तिहरुको व्यत्तित्वमाथि चर्चा गरेका थिए। 

कमेन्ट लोड गर्नुस