सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अन्तरजातीय विवाह : प्रहरीले दुवै पक्षलाई बोलायो

२०७८ असार २५, ०४:१३ खबर संवाददाता

धनगढी : कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका जोडीलाई प्रहरीले छलफलका लागि बोलाएको छ। हिजो बेलुका घर फर्किएको जोडीलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले छलफलका लागि बोलाएको हो।

विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको हो। शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताए। उनीहरु कार्यालयमा पुगेपछि थप कुरा हुने साउदले बताए।

कमेन्ट लोड गर्नुस